दुरदर्शिताको अर्को नाम कमरेड रोहित

दुरदर्शिताको अर्को नाम कमरेड रोहित
[ सपना भाग :-२ ][ २०७५-११-१९ गते भक्तपुर ]

नेपाल मजदुर किसान पार्टी ' जनताको प्रजातन्त्र ' को निम्ति संघर्षरत छ । यसको अर्थ हो - कामदार जनताको नेतृत्वमा बुद्दिजिवी समुदाय, देशभक्त र राष्ट्रिय पुजिपती वर्गको शासन कायम गर्नु हो । भारतीय एकाधिकार पुजि र विदेशी दलाल शक्ति नेपाली जनताको मुख्य शत्रु हुन । नेमकिपाको मुख्य उदेश्य नेपाली समाजमा समाजवादको स्थापना र पछि  साम्यवादी समाजसम्म पुग्ने आजु हो । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै एक महत्वपूर्ण अंग हो ।

बहुमत सर्वहारा जनताको उन्मुक्ति र देशको सार्बभौमिकता, स्वतन्त्रता र भु-अखण्डताका निम्ति दशकौदेखी संघर्षरत नेपाल मजदुर किसान पार्टी एक महत्वपूर्ण इतिहास बोकेको पार्टी हो । स्थापनाकालदेखि नै देश र जनताका मुद्दाहरुमा सदैव सचेत हुँदै देश र जनताका शत्रुहरुसङ्ग लड्दै जनतालाई समेत सचेत र संगठित गराउदै लड्न प्रेरित गर्ने एक मात्र पार्टी नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशन नजिकिदै गर्दा मेरो मानसपटलमा पार्टी र पार्टी नेतृत्वको बारेमा अनेकन कुरा खेल्नु स्वभाविक थियो । सायद यस्तै-यस्तै अनेकौ कुराको प्रभावले हुनुपर्छ आज फेरि सपनामा यस्तो घटना घट्न गयो ।

सधैझै आफ्नोतर्फबाट पार्टीको महाधिवेशन सभ्य र भब्य तरिकाले हुने निश्चितप्राय थियोे किनकी पार्टी महाधिवेशनको तयारी निकै सुक्ष्म तरिकाले युद्धस्तरमा गरिएको थियो ।

पार्टीको सातौ महाधिवेशनको उद्घाटन र्‍याली पार्टी कार्यालय टौमढी-भक्तपुरबाट सुरु भएर खुलामञ्च- काठमाडौमा उद्घाटन गरि बृहत जनसभा भएर सकिने कार्यक्रम थियो । सधै'झै औपचारिक रुपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई र्‍याली र जनसभा कार्यक्रमको बारेमा जानकारी दिएर र्‍याली बाटो अनुमति र जनसभा स्थल ( route permit & program spot ) लिएर र्‍याली कार्यक्रम अगाडी बढ्यो ।

श्रदय पार्टी-अध्यक्ष कमरेड नारायणमान बिजुक्छे ( रोहित ) ले महाधिवेशन कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन देशभरबाट हजारौको संख्यामा जनसागर उर्लिएको थियो / जनसहभागिता भएको थियो ।

उद्घाटन र्‍याली अगाडी बढिरहेको थियो/ बढ्ने क्रम जारी थियो। सहभागी सबै नेता कार्यकर्ताहरुले देश र जनताका  समस्याहरुलाई उजागर गर्दै निवारणका लागि दबाबमुलक नारा विभिन्न ( गित, बाजा, कार्टुन र थप व्यंग्यात्मक ) कलात्मक शैलीमा सरकारलाई ध्यानाकर्षण गराउदै अघि बढिरहनुका साथै देश र जनताका प्रमुख शत्रुहरुको विरोध र आलोचना पनि गरिरहेका थिए भने केही नेता कार्यकर्ता साथिहरु समाजवादी आन्दोलनलाई थप सशक्त बनाउन खुराक पस्कदै थिए ।

र्‍याली अगाडी बढिरहेको थियो... र्‍याली माइतीघर चोक नजिकमात्र के पुगेको थियो त्यत्तिकैमा षड्यन्त्रकारी सरकारको आदेशमा प्रहरी प्रशासनले र्‍याली माइतीघर चोकबाट अनुमति लिइएको बाटोबाट अधि बढ्न नमिल्ने दबाबमुलक सुचना दिदै प्रहरी अधिकारीहरुले र्‍याली रोक्ने चेष्टा कायम राखे, हामिले कारण बुझ्न चाह्यौ/ कारण के हो भन्यौं तर कारण बताइएन र आदेश छ भन्ने कुराको जानकारी मात्र दिए ।

कमरेड रोहित राज्यबाट शोषित मजदुर किसानहरुका साथ र्‍यालीको बिच भागमा हुनुहुन्थ्यो । पार्टी महाधिवेशन कार्यक्रममा हजारौंको संख्यामा उर्लिएको जनसागर लामो दुरिसम्म र्‍यालीको आकारमा फैलिएको थियो । र्‍यालीभित्र विभिन्न जनवर्गीय संगठनहरुको फ्लेक्स र प्लेकार्ड सहित खण्ड-खण्डमा विभाजित थियो । जोसिला युवा-विद्यार्थी साथीहरूको र्‍याली अग्रस्थानमा भएकोले नेपाल सरकारद्वारा निर्देशित प्रहरी प्रशासनको दमनकारी नितिलाई चुनौती दिदै निषेधित घेरा तोडेर र्‍याली अनुमति दिइएकै बाटो अनुसार अघि बढ्यो ।

पुजिवादी ब्यवस्था अङ्गालेको सरकारले तानाशाही शैलिमा दमनकारी नीति लाद्न खोज्यो ! त्यहाँको परिस्थिति र कामकारबाही हेर्दा फेरि पनि अन्तरास्ट्रिय शक्तिहरुको आडमा राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टी र पार्टी कार्यकर्ता विरुद्ध रचिएको षड्यन्त्र सायद कमरेड रोहितले चाल पाउनुभयो; किनकी उहाँले र्‍याली सोही ठाउँबाट फिर्ता हुन आदेश दिनुभयो तर र्‍याली भब्य र लामो दुरिसम्म फैलिएको हुनाले सम्पर्क जोड्न र सुचना पुर्‍याउन ढिलो भैसकेको थियो त्यसैले र्‍याली दुई भागमा बिभाजित हुन पुग्यो ।

हामीलाई  थाहा छ " नेतृत्व बिनाको क्रान्ति असफल हुन्छ, चाहे त्यो जतिसुकै शक्तिशाली आन्दोलन किन नहोस् " र  हामीले हेरेका छौ; हलिउड फिल्म " Bodyguards and Assasins " कि कुनैपनी राजनीतिक संघर्षका निम्ति नेतृत्व कत्तिको महत्वपूर्ण र आवश्यक हुन्छ त्यो हामिले अनुभुती गरिसकेका थियौ र हामीलाई सिकाइएको छ; कि
एक कुशल नेतृत्व र सय सक्रिय कार्यकर्ता बराबर हुन्छ ।

हामी युवा-विद्यार्थी र्‍यालीको अग्र मोर्चामा थियौ त्यत्तिकैमा एकजना युवा नेता कमरेड बाटा दाइले कमरेड रोहित सहित केही मजदुर-किसान संगठनका नेतालाई घेराबन्दी गरिएको कुरा हामीलाई जानकारी गराउदै संघर्षका निम्ति तयार हुन संगठित गराउदै अग्र मोर्चाको नेतृत्व गर्दै प्रतिक्रियावादी र प्रतिगामी तत्वहरुको अन्त्यका निम्ति अघि बढ्छौ । कमरेड रोहितलाई प्रतिगामीहरुले घेराबन्दी गरेको खबर सुन्नासाथ बैधानिक कुटनैतिक पहल र क्रान्तिकारी भौतिक संघर्षलाई
आत्मसात गरि कठोर र कठिन आरोहण मार्गलाई छिचोल्दै हमला गर्‍यौ र कमरेड रोहितलाई सचेत युवा-विद्यार्थीको एकताको सुरक्षा कवजको सुरक्षा घेरामा सुरक्षित राख्नका लागी क्रान्तिकारी राता योद्धाहरु शत्रुहरुसङ्ग निरन्तर लडिरहेका थिए ।

विदेशी शक्तिको आडमा देश र जनताका मुख्य शत्रुहरुलाई पाखा लगाउनुको साटो हाम्रा स्वदेशी शत्रुहरुलाई आफ्नो दलालिको प्रमाण पस्कनैमा फुर्सद नभईरहेको र देश देश नरहने स्थिति सृजना भइरहेको बेला स्वदेशी शत्रुहरुको दलाल मानसिकतालाई अन्त्य गरि देशलाई स्वतन्त्र गराइ एक सार्वभौम राष्ट्रको नामले परिचित गराउन र बहुमत सर्वहारा वर्गको मुक्तिका लागि संघर्ष गरिरहेको नेमकिपाले दशकौंदेखि अङ्गाल्दै आएको अर्धभुमिगतको बाटोलाई सार्थक रुप दिन नेमकिपा पुर्ण रुपमा भुमिगत हुने प्रस्ताव पार्टीको सातौ महाधिवेशनमा पारित गर्न आफुले पहल गर्ने  कुरा हामी युवा-विद्यार्थीलाई सुनाउनुभयो ।

कमरेड रोहितले सधै भन्ने गर्नुहुन्थ्यो " संसदिय ब्यवस्थाबाट सर्वहारा वर्गको मुक्ति हुन असम्भव छ" । वास्तवमै यो कुरा सत्य रहेछ भन्ने कुराको वास्तविक अनुभुति त्यतिबेला भयौ जतिबेला हाम्रो हातमा कलम र विचार मात्र होईन बन्दुक र बारुद पनि थियो ।

म सपनाको दुनियाँमा यस्तै-यस्तै घटनाको वरिपरि घुमिरहेको थिए, यत्तिकैमा प्रिय साथी सन्देहले मलाई उठ्ने होइन ८:०० बजिसक्यो भन्दै घच्घच्याउनु भयो अनि म झसङ्ग बिउझिए ! अनि विपनामा सपनामा घटेका सबै कुरा हतार-हतार बुदागत रुपमा टिपोट गरे ।

#साराङ्श
>> पार्टीको सातौ महाधिवेशन
>> शासन प्रणाली
>> पार्टीको औपचारिक भक्तपुर-काठमाडौ पैदल र्‍याली
>> र्‍यालीमा विभिन्न खण्ड-खण्डमा बिभाजित भातृसंगठनका कर्मठ नेता कार्यकर्ताहरु
>> औपचारिक कार्यक्रम पछि भक्तपुर-काठमाडौ पैदल र्‍याली सुरु
>> दलाल सरकार र विदेशी शक्ति
>> माइतीघर चोक र प्रशासनिक चाप्लुसी
>> एक नियोजित षड्यन्त्रको गन्ध
>> र्‍याली दुई खण्डमा बिभाजित
>> कमरेड रोहितको आदेश र सुचना प्रवाहमा समस्या
>> कमरेड रोहित चौतर्फी घेराबन्दीमा
>> मिन बाटा दाजुको नेतृत्वमा कमरेड राता लडाकु
>> आरोहण मार्ग र सुरक्षा घेरा सहित प्रतिकार
>> सचेत युवा-विद्यार्थीको एकता र नेतृत्वको बचाउ
>> राजनीति र नेतृत्वको महत्व
>> रणनीतिक योजनामा फरकपन

                                                        @_®©201

Unknown
Unknown

Latest
Previous
Next Post »