देश र जनताप्रती समर्पित एक कविता

कविता :- मन र मत

अब त केही गरौला सोच्छु,
लिलाम भैदिन्छ्न अमुल्य मतहरु;
केही दोचार गोटा दान, एक-दो बोत्तल सरावी झोल
अनि केही टुक्रा काट्टो  सङ्ग !
र त !
मस्तिष्कका हरेक जोसहरु पक्षघातको सिकार हुन्छ्न र सोचहरु सोचमै सिमित भैदिन्छन ।

ए मनुवाको मन !
यदि तैले हालात र विवसताको
बन्धनबाट टाढा भइ खुसी अंगाल्न सक्नेभए ( कास )
तेरो मतको नाममा पनि एउटा इतिहास लेखिने थियो

क्रान्तिको बाटोमा
जिन्दावाद र मुर्दावादको नारा लगाउदै
निधारमा रातो पट्टी बाधेर
काला बुड बजार्दै लाल-सलाम ठोक्दैमा
क्रान्तिको बिज पलाउने भए
साथी; मै कमान्डर हुने थिए क्रान्तिको

प्रिय, शासक क्रान्तिकारी साथी
तिमिले जसलाई क्रान्तिको नाम दियौ त्यो त
फगत आत्मआतङ्कवाद थियो जसले
न तिमी बदलियौ न देशको मुहार फेरियो न त
जनताको जिवनस्तर नै उठ्यो !!!
बदलियो त मात्र क्रान्तिप्रतिको दृष्टिकोण ( दु:खको कुरा )

जन्माउने यहीँ माटो, हुर्काउने यहीँ माटो
मरेपछि गलाउने यहीँ माटो
यहीँ माटोबाट यहीँ माटोमा यहीँ माटोको लागि
प्रिय साथि,
जिउनुछ यहि माटोको लागि मर्नुछ यहि माटोको लागि !!!

त्यसैले त साथी उहिल्यै हिडेथ्य देशका सिपाहीहरु
छिचोल्दै कर्णालिका तारे भिरहरु, फोर्दै चट्टाने गढहरु
मुटुभित्र देश बोकेर परिवर्तनको पक्षमा क्रान्तिको बिज रोप्न
समर्पित क्रान्तिकारी ताता-राता कमरेडहरु

साथी ती संघर्ष, संघर्षका के कुरा !

साथी
त्यो अभाव; अभावको के कुरा
विरोधीको विरुद्धमा कालो झण्डा उठाउन
कमरेड कालिकोटको कालो कोट च्यात्नु परेथ्यो कुनै दिन
क्रान्तिको बाटोमा...
साथी; त्यो अभाव, अभावको के कुरा

साथी
त्यो दुर्गम; दुर्गम बस्ती, बस्तीको के कुरा
क्रान्तिको बाटोमा दलाल र भ्रष्ट लखेट्न
कस्सिएका मुठ्ठी र लम्किएका पाइला
एक किलोमीटर दुरि पार गर्न पूरा दिन
एकाअर्कोदेखि बिछोडिनुपर्थ्यो
साथी त्यो दुर्गम, दुर्गम बस्तीको के कुरा

साथी
त्यो युद्ध; युद्धको के कुरा
भूगोलसङ्ग लडिएन कि, सामन्ती जथ्थासङ्ग
जहाँ हिड्दाहिड्दा पैतालामा आलु फल्न सुरु भएपछी
जुत्ता फाटिसकेको पत्तो हुन्थ्यो :
साथी त्यो युद्ध, युद्धको के कुरा

जब संकटकाल अनिकाल बनेर आयो कर्णालीमा
साथी त्यो काल; कालको के कुरा
पढ्न जाने पाठशालामा रणभुमिमा
लडाइको लागि तयारी हुन परेड खेलाइन्थ्यो

मेरा अग्रजहरुले महाबुको कसिलो छातीमा टेकेर
बजाएको मादलको नगराको तालमा सचेतनाको गित आजपनि पचाल झरना गुनगुनाउने गर्छ अनि खहरेहरु
कर्णाली र तिलामा मिसिएर झुमेर नाच्ने गर्छन् ।

साथी दर्बङ्गाको हलचलले
पन्च मण्डले, मुखिया, साहु-महाजन र
माओवादी जथ्था, डगमगाएनन कि
डगमगाएनन सिंहदरबार अनि दिल्लिका सामन्ती

देश बनाउन र देश बचाउन लम्केका
सानासाना कलिला र उत्ताउला ती पाइला सबैभन्दा पहिले राजधानीको दृष्टि नपुग्ने सुदुर कर्णालीका
भिरपाखामा टेकिएका थिए । त्यसैले त भन्ने गरिन्छ
" कर्णालीमा कम्युनिस्टको बीउ छर्ने नेमकिपा हो ।"

जसरी मेटिदैन जति नै लिपघस गरेपनी
पोखिएको तेलको छाप आगनिमा
त्यसरी नै मेटिने छैन हरेक देशभक्त नेपालीको मनमुटुमा देशभक्त नेपाली मजदुरको छाप
देशभक्त नेपाली मजदुरको छाप
हरेक एक देशभक्त नेपालीको छाप

। समाप्त ।

छाप के मा ? >>> मादलमा <<<
मादल कसको ? >>> जनताको <<<

निष्कर्ष :- पुजिवादलाई राम्ररी नभुझ्नु नै
समाजवादको महत्व नबुझ्नु हो त्यसैले थप संघर्ष गर्नुको विकल्प छैन ।

@_®©201

Unknown
Unknown

Previous
Next Post »