सपनामा कमरेड रोहित

सपनामा कामरेड रोहित [ २०७५-१०-०७ गते ]

एउटा सानो मढुली र त्यही मढुलीको साङ्घुरो कोठामा साथी नविन, म र आदरणीय दिदी सीता गफिदै थियौ । स्कुल पढ्दा कुनैबेला दिदिले लेख्नुभएको गित, गजल, साहेरी र कविता सुनाउदै साथी नविनसङ्ग प्रतिक्रिया मागिरहनु भएको थियो । म भने बालापनमा बिताएका ती पलहरु सम्झदै सपना भित्रको सपनामा हराइरहेको थिए ।

शिव मा.वि. लाटिकोइली-९, सुर्खेत,आदरणीय झा सरको अनुपस्थितिमा हामी सबै ब्याजे साथिहरु चौरमा बसेर पढिरहेका थियौ तर म भने पिछाडमा दुबोको ओछ्यानमा मस्त पल्टिएर हुवावे मोबाईलमा फेसबुकका पाना पढिरहेको थिए भने अर्कोतिर मेरो पुस्तक र फराकिलो निल गगन एकअर्काेलाई हेर्दै मेरो भविष्यमाथी मौन टिकाटिप्पणी गर्दै थिए ।

हामी सबै आ-आफ्नै धुनमा थियौ त्यत्तिकैमा अचानक कामरेड रोहित हामी पढिरहेको ठाउँमा आउनुभयो । सबै साथीहरू ध्यानपुर्वक पढिरहेको हुनाले उनिहरुलाई खासै फरक परेन तर म लन्ठु भने के गरौ कसो गरौ भन्दै अत्तालिएको मात्र के थिए, नभन्दै कमरेड रोहितले मलाई तारो बनाउनु भयो । निसन्देह कामरेड रोहितको आँखा म माथी पर्नु स्वभाविक थियो किनकी म आफ्नो पढाईप्रति गम्भीर थिइनँ ।

म आत्तिएर हतासिदै मोबाईलमा कोर्ससङ्ग सम्बन्धित विषयवस्तुहरुको खोजी गर्न थाले...भनेको बेला आफ्नो छाया त भेटिदैन कोर्ससङ्ग सम्बन्धित कुरा भेटिनु त परको कुरा ! म के गरौ कसो गरौ आत्तिएर सोच्दै थिए, त्यत्तिकैमा कमरेड रोहितले मेरो हातको मोबाईल खोस्नुभयो । त्यो कक्षा विज्ञान विषयको भएकोले कमरेड रोहितले मलाई केमेस्ट्रीसङ्ग सम्बन्धित प्रश्न सोध्नुभयो ।

O2 + O को समिश्रण के हो ?
मैले जवाफमा 2O2 भने
फेरि अर्को प्रश्न गर्नुभयो;
H2O + H2O = ??? मैले जवाफमा 2H4O2

त्यसपछि कमरेड रोहित मुस्कुराउनुभयो र सोध्नुभयो भाइ तिमी आफ्नो पढाईमा ध्यान दिइरहेका छैनौ किन ? म मौन भए !

कमरेड रोहितले मलाई सम्झाउदै भन्नुहुन्छ, तिमी पढ्दैछौ राम्रो कुरा हो तर कसको लागि ? हेर भाइ पढ्नु भनेको पढ्नु मात्र होईन । जबसम्म पढाईलाई हामिले समर्पण/त्याग सङ्ग जोड्न सक्दैनौ तबसम्म न हामी राम्रोसङ्ग पढ्न सक्छौ न त पढेको कुराको राम्रो उपयोग गर्न सक्छौ । त्यसैले तिमी आफ्नो लागि होईन देशको लागी पढ ।

कमरेड रोहित उदाहरण दिदै सम्झाउनु हुन्छ;
सुन भाइ, माटो र बिजको जस्तो सम्बन्ध छ नि ठिक त्यस्तै हो माटो र मानवको सम्बन्ध । जसरी एक बिरुवाले फल दिन सुरु गर्छ तब माटोले दिएको जिवनको साटो माटोलाई आफ्नो बिज दिन्छ ता'कि माटो सधै उर्वर रहिरहोस् ।

दुर्भाग्य
बिरुवाले फल दिन सुरु मात्र के गरेको हुन्छ मानवले सबै फल आफ्नो अनुकुल बिज नबचाइ प्रयोग गरिदिन्छ्न र माटो रुखो जमिनमा परिणत हुन्छ । फलस्वरूप, न बिज/बिरुवा रहन्छ न उर्वर माटो । ठिक यस्तै हुनेछ यदि हामी आफ्नो स्वार्थ परिपुर्तिकै लागि पढ्ने हो भने त्यसैले देश सम्झेर पढ अनि तिम्रो पढाईको अर्थ हुनेछ ।

कमरेड रोहित मेरो आदर्श हुनुहुन्छ ।
!!! उहालाई हृदयेश रातो सलाम !!!

                                                           @_®©201

Unknown
Unknown

Previous
Next Post »