देशभक्त कविको कविता " कमरेड सिमा र स्तम्भको जन्मदिन मनाइरहदा ।"

कमरेड सिमा र स्तम्भको जन्मदिन मनाइरहदा ।                                               २०७४/११/२८ गते 
                     ( कविता )
 
जन्मदिनको शुभकामना
कमरेड सिमा र स्तम्भ ।
तिम्रो जन्म संयोग थिएन सिमा
बिरताको बलिदानिले सिंचित रगत-पसिनाको
मेल थियो तिम्रो जन्म र जिन्दगी ।
कमरेड स्तम्भ तिम्रो जन्म अद्भुत छ
किनकी तिमी सिमासङ्गै जन्मिएका हौ
असुरक्षाको तिर्खा मेटाउन
लाखौ नेपाली मनहरुबाट हजारौको संख्यामा ।
सिजनमा मात्र फुल्ने
शुभकामनाको फुल मनभित्र तिम्रो
किन, बेसिजनमा मात्र फुल्छ  !!!
यहाँ, कैयौं मनुवा महासयहरुको जन्मदिन
वर्षमा एकदिन सहि, हजारौको
केक काटेर मनाइने चलन प्रचलनमा छ ।
विडम्बना भन्नुपर्छ सिमा र स्तम्भ !
तिमिहरुको जन्मदिन हजारौको गाँस काटेर
सयौ पटक मनाउनु पर्ने विवसता छ ।
सधै-सधै झै मध्यरातमा देश,
कोशेली स्वरुप सुम्पिएर आफू चिनाउने काम हुन्छ जहाँ, 
त्यही देशको सिमा खोसिदाको तिमी जिम्मेवार ठहराएपछि ।
तिमिहरुको जन्मदिन कहिल्यै नपरोस भनेर मैले
जन्मदिन पार्नेको विरोध गर्दै आएको छु, सदियौ देखि ।
सभ्यताले डोर्याएर हिड्ने
टाउको नै नारिएपछी दिल्लिको हलोमा,
तिमीहरुको जन्मदिनमा पनि मैले आशु बगाउनुपर्छ ?
तर हेर न !
उनिहरु मलाई नै औला ठड्याउदै, किन ?
आफ्नै मरणदिन जस्तै आत्तिएर छट्पटीदै बर्बराउदै भन्छ्न,
अस्तित्व जिन्दगिको तिम्रो, दक्षिण बिना केही होइन ।
आफ्नै धर्तीमाता अस्तित्व र इज्जतको
युद्ध लडिरहदा टुलुटुलु हेरिरहने
यो राजनीतिक औपचारिकताको थलो भने
सिंहदरवारमा लुकाछुपी खेलिरहन्छ, सुन्छ तर बोल्दैन, देख्छ तर देखिदैन ।
मेरो प्रश्न छ राष्ट्रवादी महासयहरुलाई,
के तिम्रो मन र आत्मा शान्त अनि खुसी छ ???
सिमा र स्तम्भको पुन:जन्म भै-रहदा ।
खयर जे होस ! म कामना गर्छु,
अब कहिल्यै जन्मदिन मनाउन नपरोस कमरेड स्तम्भ र सिमाको ।

Unknown
Unknown

First